+
+

नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २१ गते २१:२२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने बताएकी छन् । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले आइतबार राजधानीमा आयोजना गरेको पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाली फिल्मले विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने बताइन् ।

यसका लागि सरकारको नीतिगत सहयोग हुने र निर्माताले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताइन् । डिजिटल युगमा विभिन्न देशका अभ्यासबाट सिकेर गुणस्तरीय फिल्म बनाउनेतर्फ ध्यान दिन पनि मन्त्री शर्माले आग्रह गरिन् ।

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने स्रष्टाको सम्मानमा सरकार प्रतिबद्ध रहेको उनले बताइन् । हिजो पर्दाबाट सुरु भएको नेपाली फिल्म क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानून पुरानै रहेकाले आवश्यक परिमार्जनको काम थालिएको पनि उनले जनाइन् ।

चलचित्र विकास बोर्डले तयार पारेको फिल्म ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरु बसुन्धरा भुषाल, चैत्यदेवी र भुवन चन्दले दिएको योगदानको मन्त्री शर्माले प्रशंसा गरिन् । उनले भनिन्, ‘आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीले चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाई खेप्नुप¥यो होला, आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ । उहाँहरुले थालेको अभियान समाज रुपान्तरणमा ठूलो विद्रोह थियो, यसको नेपाली समाजले युगयुगसम्म मूल्यांकन गरिरहने छ ।’

कार्यक्रममा मन्त्री शर्माले भुवन चैत्य बसुन्धरा फाउण्डेशन पुरस्कार २०७९ र २०८० बाट विभिन्न कलाकर्मीलाई प्रदान गरेकी थिइन् ।

हरिश भुवन चन्द पुरस्कारबाट गीतकार यावद खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट संगीतकर्मी गणेश रसिक र अभिनेता शिव श्रेष्ठ, चेतनारायण बसुन्धरा भुसाल पुरस्कारबाट अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?