+
+

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते १२:१९

२२ साउन, काठमाडौं । लिओनल मेसीले उत्कृष्ट प्रदर्शन कायम राख्दा एफसी डल्लासलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इन्टर मियामी लिग कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समय ४-४ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

निर्धारित समयमा फ्रिकिकसहित दुई गोल गरेका मेसीले पेनाल्टीसुटआउटमा पनि टिमका लागि पहिलो गोल गरे ।

सुटआउटमा मियामीका लागि मेसीसहित सर्जियो बुस्केट, लियोनार्दो काम्पाना, कमल मिल्लर र बेन्जामिन क्रेमासीले गोल गरे ।

एफसी डल्लासका लागि पउल अरियोला, फकुन्डो क्विगोन र जेसुस फेरेइराले मात्र गोल गरे । पाक्सटन पोमीकालले गोल गर्न सकेनन् ।

मेसीले क्लब करिअरमा पहिलो पटक पेनाल्टीसुटआउटमा पुगेको खेल जितेका हुन् । यसअघि बार्सिलोनामा हुँदा २०२०-२१ को स्पानिस सुपर कपमा उनको टिम पुगे पनि मेसी त्यसमा सहभागी थिएनन् ।

एफसी डल्लाससँग ४-३ ले पछि परेको अवस्थामा मेसीले ८४औं मिनेटमा फ्रिकिकबाट सानदार गोल गर्दै खेल बराबरी गरेका थिए । इन्टर मियामीले दुई गोलले पछि परेको स्थिति उल्टाएको थियो ।

खेलको छैटौं मिनेटमै मसीले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । तर क्विगोनले ३७औं र बर्नार्ड कमुङ्गोले ४५औं मिनेटमा गोल गरेपछि डलल्सले पहिलो हाफमा २-१ को अग्रता बनायो ।

६३औं मिनेटमा एलान भेलास्कोले गोल गरी डल्लासलाई ३-१ को अग्रता दिलाए । तर त्यसपछि खेलले नाटकिय मोड लिँदा डल्लासले अग्रता जोगाउन सकेन ।

६५औं मिनेटमा क्रेमासीले गोल गर्दै इन्टर मियामीलाई खेलमा फर्काए । तर ६८औं मिनेटमा मियाकीमै रोबर्ट टेलरले आत्मघाती गोल गर्दा डल्लासलेर् ४-२ को अग्रता बनायो ।

त्यसपछि ८०औं मिनेटमा डल्लासका मार्को फरफानले पनि आत्मघाती गोल गरेपछि इन्टर मियामीले गोल अन्तर छोट्यायो र मेसीले ८५औं मिनेटमा फ्रिकिकबाट बराबरी गोल फर्काए ।

इन्टर मियामीले अब हस्टन डाइनामो एपसी र चार्लोटे एपसीको विजेतासँग क्वाटरफाइनल खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?