+
+

सूचना प्रविधि सेवा निर्यात गर्ने उद्योगलाई १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते २०:२०

२२ साउन, काठमाडौं । सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग वा व्यवसायीलाई विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनियम सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने भएको हो ।

अब सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग र व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयर, प्रोग्राम र उपकरण खरिद विदेशी मुद्रा मुद्रँको सुविधा प्रदान गर्ने भएको हो ।

यस्तै सफ्टवेयर, प्रोग्राम र उपकरण विदेशमै जडान गर्न पनि उक्त सुविधा पाउने भएका हुन् । यस्ता उद्योग र व्यवसायले अघिल्लो आर्थिक वर्ष आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सीमामा रही राष्ट्र बैंकले तोकेका शर्तहरुको आधारमा वाणिज्य बैंकमार्फत विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने कम्पनीले अघिल्लो आर्थिक वर्ष सूचना प्रविधि लगायत सेवा निर्यात गरी आर्जन गरेको विदेशी मुद्रा खुल्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण र परिवर्त्य विदेशी मुद्राको बैंक खाताको विवरण अनिवार्य रहेको राष्ट्र बैंकले जनाएको छ ।

भारतमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने निर्यातकर्ताको हकमा नेपाली रूपैयाँ खाताको विवरण र सम्बन्धित बैंकले जारी गरेको भारु आर्जन सम्बन्धी प्रमाण पेश गर्नुपर्ने हुन्छ । यस्तै विदेशी मुद्राको सुविधा माग गरिएको रकम समेत खुल्ने नेपाल सरकारको सम्बन्धित निकायको सिफारिस चाहिने राष्ट्र बैंकले जनाएको छ ।

उक्त सुविधकाको लागि विदेशमा खाता खोल्न राष्ट्र बैंकको छुट्टै स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै प्रचलित कानुनी व्यवस्थाहरु पालना हुने सम्बन्धमा निवेदकबाट स्वः घोषणा गर्नुपर्ने हुन्छ ।

विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म सुविधा पाउने भनिएपनि अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्रमा उल्लेखित कर योग्य आयको २० प्रतिशत भन्दा बढी भने नपाउने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?