+
+

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ८:४२

२३ साउन, धनगढी । कैलालीमा युवतीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार राति १२ बजे घरबाट भागेकी गौरीगंगा नगरपालिका-८ की २३ वर्षीया अनिता चौधरीको ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति करिब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-८ कै बडैपुरमा बागमती प्रदेश ०३००१ ख १२७५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते चौधरी सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिए ।

उनकाअनुसार मध्यरातमा घरबाट निस्केकी चौधरीलाई ठक्कर दिएर ट्रक भागेको थियो । प्रहरीले सोमबार १२ बजेदेखि २ बजेसम्म पूर्वपश्चिम राजमार्गमा चलेका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा पत्ता लागेको थियो ।

ट्रक र चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ बस्ने ३० वर्षीय होमबहादर रानामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?