+
+

‘जवान’ प्रचारमा शाहरुखको रणनीति : अन्तर्वार्ता नदिने, मिडियासँग सवालजवाफ नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते ११:३१

काठमाडौं । फिल्म ‘पठान’को सफलतापछि बलिउड अभिनेता शाहरुख खान फेरि एकपटक एक्सन अवतारमा ‘जवान’मा देखिंदैछन् । आगामी सेप्टेम्बर ७ मा रिलिज हुने यो फिल्मलाई दर्शकहरु उत्साहित छन् । हालै टिजर र एक गीत रिलिज भएसँगै ‘जवान’को फ्यानहरुमाझ व्यग्र पर्खाइ छ ।

निर्माण कम्पनीले केही दिनकै फिल्मको ट्रेलर सार्वजनिक गर्ने जनाएको बलिउड सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

प्रदर्शन हुन एक महिना बाँकी रहँदा शाहरुख खानले फिल्म प्रवर्द्धनको खास रणनीति अपनाउने बताएका छन् । शाहरुखले पठानका बेला अपनाएको तरिकालाई नै जवानमा पनि फलो गर्ने संकेत गरेका छन् ।

बलिउड हंगामाका अनुसार शाहरुखले फिल्म रिलिजअघि कुनै पनि अन्तर्वार्ता नदिने र मिडियासँग सवालजवाफ पनि नगर्ने भएका छन् । पठानका बेला पनि उनले यही शैली अपनाएका थिए । शाहरुखको विश्वास छ कि बिना अन्तर्वार्ता पनि दर्शक सिनेमाघरसम्म पुग्नेछन् । त्यस्तै उनी मिडियासँग पनि कुनै सवालजवाफ गर्ने छैनन् । यसको सट्टा उनले समय-समयमा ट्वीटरमा ‘आस्क एसआरके’ सेसन चलाउनेछन् र त्यहाँ फ्यानका जिज्ञासाको जवाफ दिनेछन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा गौरी खानले निर्माण गरेको फिल्म ‘जवान’लाई एट्लीले निर्देशन गरेका हुन् । फिल्ममा शाहरुखका साथै नयनतारा, विजय सेतुपाती, प्रियामणि, सान्या मल्होत्रा र रिधि डोगराको मुख्य भूमिका छ । फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् । फिल्म हिन्दीका साथै तेलुगू र तमिल भाषामा पनि प्रदर्शन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?