+
+

क्यानको जनरल म्यानेजरका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १३:११

२३ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जनलरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले सामाजिक सञ्जालमा एक सुचना सार्वजनिक गर्दै जनरल म्यानेजरका लागि आवेदन मागेको छ । योग्यता पुगेका इच्छुक व्यक्तिहरुले उक्त पदका लागि इच्छुकहरुले यही अगष्ट १७ सम्म दर्खास्त दिन सकिने क्यानले जनाएको छ ।

क्यानको दैनिक काम हेर्ने, क्रिकेटका विभिन्न स्टेकहोल्डर्सहरुसँग राम्रो सम्बन्ध कायम गर्ने, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल र एसियन क्रिकेट काउन्सिलसँग राम्रो सम्बन्ध काम गर्ने लगायत जनरल म्यानेजरका दायित्व हुनेछ ।

उक्त पदका लागि मास्टर डिग्री अध्ययन गरेको र कम्तीमा तीन वर्ष काम गरेको अनर्भव हुनुपर्ने क्यानले उल्लेख गरेको छ ।

यसअघि क्यानका जनरल म्यानेजर रहेका वृतान्त खनालले राजीनामा दिएपछि क्यानले नयाँ जनरल म्यानेजरका लागि आवेदन खुलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?