+
+

मध्यरातमा महिला सहकर्मीको घरमा पुगेर दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १३:२७

२३ साउन, विराटनगर । मध्यरातमा पूर्व महिला कर्मचारीको घरमा पुगेर गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका चिकित्सक पक्राउ परेका छन् ।

जाँडरक्सीले मातेर रातको समयमा पूर्व महिला कर्मचारीको घरमा पुगेर होहल्ला गर्दै दुर्व्यवहार गरेको आरोपमा सिरहाको मिर्चैया–२ घर भएका ४२ वर्षीय डा. दीपेन्द्रकुमार महतो पक्राउ परेका हुन् ।

उनी विरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

यातायात सेवा कार्यालयमा महतोले आँखा जाँच गर्ने जिम्मेवारी एक वर्षका लागि पाएका थिए । सोही कार्यका लागि राखिएकी महिला कर्मचारीले काम छाडेकी थिइन् । डाक्टर महतोले रक्सीले मातेर ती कर्मचारीका घरमा पुगेर काम छाडेको निहुँमा गालीगलौज गर्दै अभद्रव्यवहार गरेको प्रहरीको दाबी छ ।

महतोलाई प्रहरीले आइतबार राति १० बजेतिर विराटनगर महानगरपालिका–४ स्थित महिलाको घर बाहिरबाट पक्राउ गरेको थियो ।

उनले कार्यालयमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण (आँखा जाँच) गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?