+
+

तनहुँमा सडक भासिएपछि पृथ्वी राजमार्ग एकतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १४:२०

२३ साउन, पोखरा । तनहुँको व्यास नगरपालिकामा सडक भासिएपछि पृथ्वीराजमार्ग एकतर्फीमात्र सञ्चालन भएको छ ।

मंगलबार बिहान तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा राजमार्ग भासिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

सडक भासिएका कारण अहिले साना सवारीका लागि एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार बिहान करिब ११ बजे राजमार्ग भासिएको हो । उनले भने, ‘अहिलेलाई साना सवारी साधन एकतर्फी चलेको छ । ठूला सवारी क्रस हुने अवस्था अझै छैन ।’

उरालीमा पृथ्वी राजमार्ग विस्तारको क्रममा सडकको तर्फ खनिएको थियो । विस्तारकै क्रममा रहेको सोही सडक अविरल वर्षाले भासिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?