+
+
Shares

रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २३ गते १४:२१

२३ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउनदेखि मंगलबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर प्रिमियम सहित निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये सार्वजनिक निष्कासन हुने सेयरको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले सार्वजनिक निष्कासन गर्न स्वीकृति पाएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ । कर्मचारीका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा नै सेयर जारी गरेको हो ।

यस्तै सर्वसाधारण लगानीकर्ताले बाँकी ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयरमा लगानीकर्ताले २३ साउनदेखि २६ साउनसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि ५ भदौसम्म थप हुनेछ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङस् नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले इन्स्योरेन्सको जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?