+
+

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २४ गते १०:४३

२४ साउन, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सभामुखको सचिवालयका अनुसार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्नेछ । उक्त बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुने जनाइएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन ।

संसदमा निरन्तर अवरोध हुँदा जनताको आवाज व्यक्त हुन नपाएको भन्दै सभामुखले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?