+
+

अध्ययन भन्छ-पृथ्वीका एक तिहाइ जनावरको मासु मान्छेले खान्छ

एजेन्सी एजेन्सी
२०८० साउन २५ गते १०:२१

वास्तवमा मानिस पृथ्वीको सबैभन्दा खतरनाक जीव हो । सर्वहारी प्राणी मानिसले पृथ्वीमा रहेका हरेक तीनमध्ये एउटा ढाड भएका जनावर प्रजातिको मासु खाने गरेको छ ।

यस प्रकार मानिसको खानपानको असर कुल ४६ हजार ७५५ प्रजातिका ढाड भएका जनावरमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।

स्मरण रहोस् हिंश्रक मानिने किलर ह्वेलले जम्मा १२१ प्रजातिका ढाड हुने जनावरलाई आफ्नो आहारा बनाउँछ । ह्वेलले खाने ती प्रजातिमध्ये ८३ प्रजातिलाई त मानिसले पनि खान्छ ।

जमिनको कुरा गर्दा अमेरिकाको सबैभन्दा खतरनाक मानिएको मांसाहारी जनावर जगुआरलाई लिऊ । उसले ९ प्रजातिका सिकार जीव खाने गर्दछ । रोचक त के भने ती सबै ९ थरी जनावरको मासु मानिसले पनि खान्छ । मानिसले उत्तर अमेरिकामा पाइने कुल २६ सय ९८ प्रजातिका जनावरलाई आफ्नो आहाराका लागि प्रयोग गर्ने ग्रेको छ ।

क्यानडामा भएको यससम्बन्धी शोध हालै कम्युनिकेशन बायोलोजी जर्नलमा प्रकाशित भएको छ । यो अध्ययनले देखाएको मानिसको खानपानको शैलीबाट के थाहा हुन्छ भने मानिस निकै असामान्य जीव हो । मानिसले आफैंलाई विकसित गर्दै आएको छ जबकि अन्य जीवहरु भने यसो गर्नमा असमर्थ रहेका छन् वा कम विकसित छन् । अन्य ढाड भएका जनावरको तुलनामा मानिसको पहुँच धेरै छ ।

हुनत सबै ढाड भएको जनावरलाई मानिसले खाँदैन । कतिपयलाई त उसले अरु विभिन्न कामका लागि मार्दछ, जस्तै कपडा, औषधि, उपहारका वस्तु आदि बनाउनका लागि । यसका अलावा जनावरलाई अन्य विभिन्न खाले कार्यहरुमा पनि प्रयोग गरिन्छ । कतिपय जीवहरुको भुत्ला, दाँत, रगत, कलेजो आदिको पनि प्रयोग गरिन्छ ।

मानिसले प्रयोग गर्ने सबै अन्य जीवको सूचीकरण अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले गर्दछ । उक्त संस्थाका अनुसार मानिसकै कारण पृथ्वीका १४ हजार ६६३ प्रजातिका जीव धेरै खतरामा छन् । मानिसले ती जीवहरुको शोषण गर्दै आएको छ । मानिसले जति जीवहरुको प्रयोग गरिरहेको छ ती मध्ये ५५ प्रतिशतलाई भोजनका लागि मारिदिन्छ । त्यसमा कैयन् स्तनधारी तथा माछाहरु पर्छन् ।

एजेन्सी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?