+
+

नयाँबानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन

आर्यन धिमाल आर्यन धिमाल
२०८० साउन २५ गते ११:५२

२५ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सडकका दुवै किनारमा ट्याक्सी तेर्स्याएर प्रदर्शन गरेका हुन् ।

ट्याक्सीको मिटरको सिल तोडिएको पाइएमा गाडी धनी र चालक जेल जानुपर्ने कानुन खारेज हुनुपर्ने, रातो प्लेटका र दुई पांग्रे सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनु पर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

उनीहरूले ‘ट्याक्सी एकता जिन्दावाद, ट्राफिक ज्यादती बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?