+
+

प्रधानमन्त्रीको निरीहता : मन्त्रिपरिषद्ले पास गरेको शिक्षा ऐनका कैयौं विषय उल्टिएछ

‘अहिले एउटा नमिठो अनुभव भयो’ उनले भने, ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १९:४०

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिरिषद्‍बाट पास भएको संघीय शिक्षा विधेयकका कैयौं विषय उल्टिएर आएको बताएका छन् । अरु बेला पनि मन्त्रिपरिषद्ले गरेका निर्णय कार्यान्वयन नभएको उनको गुनासो छ ।

बिहीबार मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेटकै ओरिजिनल भर्सन हेरफेर हुने गरेको सुनाए ।

‘अहिले एउटा नमिठो अनुभव भयो’ उनले भने, ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौं विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो ।’

त्यही कारण संघीय शिक्षा ऐनलाई संसदमा दर्ता गर्न नसकेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘हामी त्यसको खोजीमा छौं कसले यस्तो गर्‍यो त ? कहाँबाट कुन ठाउँबाट यस्तो भयो त ?’

मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेको उनले बताए ।

वन ऐन संशोधनका क्रममा पनि झन् नेगेटिभ भएर आएको मन्त्रीको गुनासो रहेको प्रधानमन्त्रीले सुनाए । क्याबिनेटले गरेको निर्णय समेत लागू नभएको अनौठो स्थिति देखा परेको भन्दै उनले भने, ‘कित्ताकाट सम्बन्धी धेरै निर्णय गरियो, कार्यान्वयनमा समस्या छ । कहाँ गएर अड्किएको छ ?

अरु कतिपय विषयमा पनि मन्त्रिपरिषदले गरेको निर्णय सचिवले म कार्यान्वयन गर्न सक्दिनँ भनेको पनि उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अब यस्तो चल्दैन । ठाउँको ठाउँ कारबाही गर्नुको विकल्प छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?