+
+

आँखा पाक्ने रोगको मुख्य कारक ‘इन्टेरो भाइरस’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते १८:४६

२५ साउन, काठमाडौं । देशभर देखिएको आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ बाट भएको पुष्टि भएको छ ।

आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आँखा पाक्ने रोग भएका लक्षण १० जनाको गत शुक्रबार नुमना संकलन गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ८ वटा नमुनामा ‘इन्टेरो भाइरस’ पुष्टि भएको सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ । जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् ।

सूचना अधिकारी जैसीका अनुसार अहिले अन्य ठाउँबाट नमूना ल्याइएको छैन । ‘अहिले लिइएको नुमनामा इन्टेरो भाइरसले संक्रमण गराएको देखिन्छ । अब अन्य ठाँउको नमुना संकलन गरेर थप परीक्षण गर्छौं’, जैसीले भने ।

देशभर फैलिएको आँखा पाक्ने रोगको मुख्य कारण पत्ता लगाउनका लागि नेपाल अफ्थालमिक सोसाइटी तथा नेपाल नेत्र ज्योति संघसँग सहकार्य गरेर सातैवटा प्रदेशबाट थप नमुनाहरु संकलन गरेर परीक्षण गर्ने योजना रहेको जैसीले बताए ।

इन्टरो भाइरसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । यो रोग सबै उमेर समूहमा देखिएको छ ।

इन्टेरो भाइरसले खासगरी रुघा, खोकी, ज्वरो, एलर्जी र शरीरका विभिन्न अंगमा संक्रमण गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?