+
+

राष्ट्र बैंकमा ११ सय कर्मचारी, सहायकभन्दा अधिकृत धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २५ गते २०:०१

२५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कर्मचारी कार्यरत कर्मचारीहरुमध्ये करिब एक तिहाइ कर्मचारीको उमेर ३१ देखि ४० वर्ष रहेको देखिएको छ । केन्द्रीय बैंक आफै‌ंले गरेको ‘ह्युमन रिर्सोस म्यानेजमेन्ट प्राक्टिस इन नेपाल राष्ट्र बैंक’ भन्ने अध्ययनमा कुल १ हजार ८२ जना कर्मचारीमध्ये ३ सय ५६ जना सो उमेर समूहका छन् । यो कुल कर्मचारीमध्ये ३२.९ प्रतिशत हो ।
त्यस्तै, ४१ देखि ५० वर्ष उमेर समुहका २५.८८ प्रतिशत कर्मचारी छन् । ५१ देखि ५८ वर्ष उमेर समुहका २१.९० जना र २० देखि ३० वर्ष उमेर समुहका १९.३२ कर्मचारी छन् ।

कुल कर्मचारीमा अधिकृत तहका कर्मचारीहरू ५६३ र सहायक तहका ५२५ जना रहेका छन् । कुल कर्मचारीमा अधिकृत तहका कर्मचारी ५२ प्रतिशत र सहायकस्तरका ४८ प्रतिशत देखिएको हो ।

अधिकृत तहका कर्मचारीमा कार्यकारी निर्देशकहरु १८ जना, निर्देशकहरु ५५ जना, उपनिर्देशक १९८ जना र सहायक निर्देशक २९० जना कार्यरत छन् । यस्तै, हेड एसिस्टेन्ट १६४ जना, एसिस्टेन्स २६२ जना र एसिस्टेन्स सहकायम १२ छन् । त्यसबाहेक ग्रेडिङ नभएका ८३ जना कर्मचारी रहेका छन् ।

राष्ट्र बैंकमा रहेको कर्मचारीमध्ये स्पेशल अफिसर (कार्यकारी निर्देशक) तहका कर्मचारीको औसत उमेर ५२.०८ वर्ष छ । यस्तै पहिलो तहका अफिसर (निर्देशक) तहका कर्मचारीको औसत उमेर ४७.२५ वर्ष , दोस्रो तहका अफिसर (उपनिर्देशक) तहका कर्मचारीको औसत उमेर ४६.११ वर्ष, तेस्रो तहका अफिसर ( सहायक निर्देशक) तहका कर्मचारीको औसत उमेर ३८.२५ वर्ष रहेको छ ।

असिस्टेन्ट प्रथम (हेड असिस्टेन्ट) को औसत उमेर ३८.२ वर्ष, असिस्टेन्ट द्वितीय (असिस्टेन्ट) तहको कर्मचारीको औसत उमेर ३३.०३ वर्ष, असिस्टेन्ट तेस्रो तह (डेपुटी एसिस्टेन्ट) कर्मचारीको औसत उमेर ५१.०१ वर्ष र ग्रेडिङ नभएको अन्य कर्मचारीको औसत उमेर ४९.८७ वर्ष रहेको छ ।
नेपाल राष्ट्र बैंकमा सन् १९८८ मा सर्वाधिक ३३०८ जना कर्मचारी पुग्दा २०२२ मा १०८२ मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकमा २०१८ मा कर्मचारी संख्या ९५१ जनासम्म झरेको थिए ।

त्यसपछि बढ्दो क्रममा छ । राष्ट्र बैंकका कुल कर्मचारीमध्ये २६७ जना महिला र ८१५ जना पुरुष छन् । कुल कर्मचारीमा प्रशासन तर्फका १ हजार १६ जना र प्राविधिक ६६ जना रहेको छन् ।
राष्ट्र बैंकका कुल कर्मचारी मध्ये १४ जना पीएचडी गरेका छन् । यस्तै एमफील गरेका १४ जना कर्मचारी छन् । स्नातकोत्तर गरेका ६०७ जना छन् । चार्टर्ड एकाउन्टेन्ट ५३ जना छन् । स्नातक गरेका ६७ जना छन् । यस्तै प्लस टु अध्ययन गरेका ६७ जना र एसएलसी वा सोभन्दा कम अध्ययन गरेका ५८ जना छन् ।

२५ वर्षभन्दा बढी काम गर्ने १८६ कर्मचारी

राष्ट्र बैंकको कर्मचारीले अवकास पाउन सेवा सुरु गरेको ३० वर्ष पूरा भएको वा उमेर ५८ वर्ष हुनुपर्छ । ३० वा ५८ मध्ये जुन पहिले पुरा हुन्छ सोही अनुसार अवकास पाउँछन् । यस्तै कार्यकारी निर्देशक तहको कर्मचारीमा बढुवा भएको ७ वर्षमा अवकाश हुन्छ । राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्ये २५ वर्षभन्दा बढी समयदेखि कार्यरत रहेको १ जना मात्रै छन् । यस्तै २० देखि २५ वर्ष काम गरेका १२ जना र १५ देखि २० वर्ष काम गरेका ५ जना कार्यकारी निर्देशक छन् ।

१ हजार ८२ जना कर्मचारीमध्ये सेवा अवधि ५ वर्ष नपुगेका ३३.५ प्रतिशत कर्मचारी छन् । यस्तै ५ देखि १० वर्ष सेवा अवधि भएका १९.३२ प्रतिशत कर्मचारी छन् । १० देखि १५ वर्ष सेवा अवधि भएका ११.२८ प्रतिशत कर्मचारी छन् । १५ देखि २० वर्ष सेवा अवधि भएका ४.०७ प्रतिशत कर्मचारी छन् । २० देखि २५ वर्ष सेवा अवधि भएका १४.६० प्रतिशत र २५ देखि ३० वर्ष सेवा अवधि भएका १७.१९ प्रतिशत कर्मचारी छन् ।

कार्यकारी निर्देशक १८ जनामध्ये ४ जना कार्यकारी निर्देशक भएको १ वर्ष पनि पुगेको छैन । यस्तै, ६ जना कार्यकारी निर्देशक उक्त पदमा बढुवा भएको २ देखि ३ वर्ष भएको छ । ८ जना कार्यकारी निर्देशकको उक्त पदमा बढुवा भएको ३ देखि ५ वर्ष भएको छ ।

एउटै पदमा १० देखि १५ वर्षसम्म काम गर्ने कर्मचारीको संख्या ४.९० प्रतिशत छ । ५ देखि १० वर्षसम्म एउटै पदमा काम गर्ने कर्मचारी १३.७७ प्रतिशत छन् । ३ देखि ५ वर्ष एउटै पदमा काम गर्ने कर्मचारी ३३.६४ प्रतिशत रहेका छन् । २ देखि ३ वर्ष एटै पदमा काम गर्ने कर्मचारी १५.९० प्रतिशत र १ देखि २ वर्ष एउटै पदमा काम गर्ने कर्मचारी ११.९२ प्रतिशत छन् । १ वर्षभन्दा कम समयदेखि एउटै पदमा कार्यरत कर्मचारी संख्या १९.८७ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?