+
+

नयाँ सिजनअघि रियल मड्रिडका गोलकिपर कोर्तवा घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते ६:५४

२६ साउन, काठमाडौं । स्पानिस ला लिगाको नयाँ सिजन सुरु हुनु केही दिन मात्रै रियल मड्रिडका गोलकिपर थिबाउट कोर्तवा घाइते भएका छन् ।

प्रशिक्षणका क्रममा उनको बायाँ घुँडामा चोट लागेको हो । एसिएल च्यातिएपछि उनले नयाँ सिजनको अधकांश समय गुमाउने भएका छन् ।

३१ वर्षीय बेल्जियन खेलाडी कोर्तवाको केही दिनमा घुँडाको शल्यक्रिया गरिने  क्लबले जाएको छ ।

गत वर्षको बालोन डे’ओर अवार्ड कार्यक्रममा कोर्तवा बेस्ट गोलकिपर घोषित भएका थिए । सन् २०१८ मा रियलमा अनुबन्ध भएपछि उनले दुई पटक ला लिगा उपाधि जितेका छन् । उनले रियलका लागि २३० खेल खेलेका छन् ।

रियलले कोर्तवा बिनै सिजनको पहिलो खेलमा शनिवार एथ्लेटिक विल्वाओसँग खेल्नेछ ।

कोर्तवाले रियल जानुअघि प्रिमियर लिग क्बल चेल्सीबाट दुई पटक लिग जितेका थिए उनले २०१४ मा एट्लेटिको मड्रिडबाट खेल्दै ला लिगा जितेका थिए । २०२२ मा रियलबाट च्याम्पियन्स लिग समेत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?