+
+

स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १०:१९

२६ साउन, काठमाडौं । टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वेलिङ्ऊटनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

साविक उपविजेता नेदरल्याण्ड्स भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

स्पेनका लागि ७१औं मिनेटमा अल्बा मारिया रेडोन्डो फेररको स्थानमा मैदान प्रवेश गरेकी साल्माले अतिरिक्त समयमा विजयी गोल गरिन् ।

त्यसअघि ८१औं मिनेटमा मारिया काल्डेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर, स्पेन जित नजिक पुग्दा नेदरल्याण्ड्सका स्टेफानी भान डेर ग्राटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएकी हुन् ।

स्पेनले अब जापान र स्वीडेनबीच शुक्रबारै हुने क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?