+
+

संसदमा एमाले सांसद बाेल्दा सत्तारूढको अवरोध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १३:२५

२६ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध गरेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरेले एमालेकी सांसद ज्वाला कुमारी साहलाई बोल्न समय दिए ।

एमाले सांसद साहलाई बोल्न समय दिएलगत्तै सत्तारुढ दलका सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले नियमको पालना गर्न आग्रह गरे । ‘नियमको पालना गरौं । मैले समय प्रतिपक्ष दलको माननीय बाट ज्वाला कुमारी साहलाई दिएको छु । उहाँले बोलिसकेपछि यहाँहरको कुरा के हो त्यो म सुनाउने छु ।’

तर, सत्तारुढ दलका सांसदहरुले सदन विपक्षीको मात्रै कुरा सुनेर अगाडि बढ्न नसक्ने बताएपछि सभामुखले सभा आफ्नो नियन्त्रणमा चल्ने बताए । ‘माननीय सदस्यहरु आलोपालो मैले नियन्त्रण गरेको हुनपर्ने छ । मेरो कुराको आधारबाट यो सभा सञ्चालन गर्नुपर्ने छ’ सभामुख घिमिरेले भने ।

होहल्लाकाबीच एमाले सांसद साहले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताइन् । सत्तापक्षका सांसदहरुको होहल्लाका कारण ‘कुरा नसुनिएको’ उल्लेख गर्दै सभामुखले एमाले सांसद साहलाई बस्न आग्रह गरे ।

लगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरे ।

संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?