+
+

आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न अख्तियारलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १८:०९

२६ साउन, काठमाडौं । इन्धन चोरी गरेको आरोपमा नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चित्तरञ्जन दासलाई कारबाही गर्न कास्की प्रशासनले अख्तियारलाई पत्राचार गरेको छ ।

डिपोबाट १२ हजार लिटर डिजेलको बिल काटेर बाहिरिएको ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएपछि कारबाही सिफारिस गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

‘३ हजार लिटर डिजेल चोरी भएको पुष्टि भएपछि कारबाही अघि बढाएका छौं,’ प्रजिअ घिमिरेले अनलाइनखबरसँग भने, ‘प्रशासनले प्रमाणसहित कारबाहीका लागि अख्तियारलाई पत्राचार गरेको छ । ’

शुक्रबार डिपोले पश्चिमाञ्चल पेट्रोल पम्पका लागि ग२ख ८३६ नम्बरको ट्यांकरमा १२ हजार लिटर डिजेल बिक्री गरेको थियो । तर, डाँडाकोनाक प्रहरी चौकीमा डिपोबाट गएको ट्यांकरको नापजाँच गर्दा ट्यांकरमा १५ हजार लिटर डिजेल भेटिएको प्रजिअ घिमिरेले बताए ।

कम परिमाणको बिल जारी गरेर धेरै इन्धन बिक्री गरेको सूचनापछि कारबाही अघि बढाइएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?