+
+

प्रज्ञा प्रतिष्ठानले सुरु गर्‍यो ‘मातृभाषा साहित्य शृंखला’

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते १८:२२

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारासहित मातृभाषा साहित्य शृंखला (सिर्जना, संवाद र विमर्श) सुरु गरेको छ । शुक्रबार विभागका सदस्य डा. सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. धिमालले धिमाल भाषाको अहिलेको अवस्था, धिमाल भाषामा लेखिएका र लेख्न बाँकी रहेको विधाको साहित्यको बारेमा, भाषा संरक्षणको लागि युवाको भूमिका लगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । डा. धिमालले कार्यपत्र प्रस्तुत गर्दै विभागले सुरु गरेको मातृभाषा साहित्य शृंखलाले मातृभाषाको संरक्षण तथा पुस्तान्तरण गर्न सहयोग पुग्ने बताए । ‘यो श्रृङ्खलाले मातृभाषा साहित्यको विकास, संवर्द्धन, प्रवर्द्धन तथा पुस्तान्तरणका लागि महत्वपूर्ण सहयोग पुग्नेछ,’ उनले भने ।

विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले सबै भाषी साहित्यकारलाई नेपाल प्रज्ञा प्रतिष्ठान अपनत्व महसुस गराउने प्रयास स्वरुप श्रृङ्खलाको सुरुवात गरेको बताए । ‘नेपाल प्रज्ञा प्रतिष्ठान सबै भाषीहरुको साझा हो तर अहिलेसम्म मातृभाषी साहित्यकारहरुले प्रज्ञा हाम्रो पनि हो भन्ने महसुस गर्न सकेको अवस्था छैन । अब यो श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउँछन् भन्ने विश्वास छ,’ उनले भने ।

प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले एक दिन मातृभाषाको कार्यक्रम गर्ने परम्परा तोडिएर अब हरेक महिना विभिन्न मातृभाषाको सिर्जना, संवाद र विमर्श हुने प्राज्ञ मुकारुङले बताए । शुक्रबार अञ्जु राजवंशीले राजवंशी भाषामा, विनिता ताजपुरियाले ताजपुरिया भाषामा र देवकुमार चौधरीले थारु भाषामा कविता वाचन गरेका थिए ।

विभागका अनुसार अब हरेक महिनाको अन्तिम शुक्रबार मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?