+
+
प्रविधि :

४७ वर्षपछि रुसले प्रक्षेपण गर्‍यो चन्द्रमामा अन्तरिक्षयान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २६ गते २०:४०

२६ साउन, काठमाडौं । रुसले करिब ४७ वर्षपछि चन्द्रमामा अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८:१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ ।

लुना २५ आगामी २१ वा २२ अगष्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एकवर्ष सम्म काम गर्नेछ ।

लुना २५ को वजन भने १.८ टन रहेको छ, जसमा ३१ केजी बराबरका विभिन्न वैज्ञानिक उपकरण छन् । जसले चन्द्रमाको सतहमा उत्खनन गरेर चट्टान तथा माटोको नमूना संकलन गर्नेछ । यसबाट चन्द्र सतहमा जमेको पानी, अक्सीजन आदिको सम्भावनाको खोजी गरिनेछ ।

लुना २५ चन्द्रमाको दक्षिणी ध्रुव नजिकै रहेको बोगुस्लाभ्स्की क्रेटरको आसपासमा अवतरण गर्नेछ ।

लुना २५ मा विभिन्न ९ वटा वैज्ञानिक उपकरण छन् । जसमाः

ARDON-LR : यसले चन्द्रमाको सतहमा न्युट्रोन र गामा विकिरणको विश्लेषण गर्नेछ

THERMO-L : यसले चन्द्रमाको सतहको तापक्रमको मापन गर्नेछ

ARIES-L : यसले चन्द्रमाको वायुमण्डल अर्थात् एक्जोस्फेयरमा प्लाज्माको जाँच गर्नेछ

LASMA-LR: यो एउटा लेजर स्पेक्ट्रोमिटर हो

LIS-TV-RPM : खजिजहरुको जाँच तथा तस्वीरका लागि तस्वीरका लागि यो एक इन्फ्रारेड स्पेक्ट्रोमिटर हो ।

PmL : यसले धूलोका साथै सुक्ष्म उल्काहरुको जाँच गर्नेछ

STS-L : यसले प्यारानोमिक तथा स्थानीय स्तरमा तस्वीरहरु लिनेछ

Laser Reflectometer : यसले चन्द्र सतहमा रेन्जिंग सम्बन्धी प्रयोग गर्नेछ

BUNI : यसले ल्याण्डरलाई उर्जा दिनेछ र वैज्ञानिक डेटा संकलन गरेर पृथ्वीमा पठाउनेछ ।

रुसले यसअघि चन्द्रमामा पठाएको यान लुना २४ हो । जुन सन् १९७६को अगष्ट १८ मा प्रक्षेपण गरिएको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?