+
+

सांसद सुनिल शर्मा पक्राउमा सरकारको भूमिका शंकास्पद : राजेन्द्र लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १४:५५

२७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद सुनिल शर्मालाई पक्राउको विषयले सरकारमाथि प्रश्न उठाएको बताएका छन् ।

शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित रक्तदान कार्यक्रममा उनले शर्मामाथि पहिले नै अनुसन्धान सुरु भएकामा अहिले एक्कासी किन पक्राउ गरियो र छाडियो भन्ने प्रश्न सरकारमाथि उठेको बताएका हुन् ।

‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो । अहिले नै किन कार्यान्वयन गरियो ?’ लिङ्देनले प्रश्न गरे, ‘सुनिल शर्माले सत्तापक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभयो । र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सांसद शर्मालाई बिहीबार उनकै निवासबाट पक्राउ गरेको थियो । तर शुक्रबार जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धानका लागि थुनामा नै राख्नुपर्ने नदेखिएको भन्दै छाड्न आदेश दिएको थियो । नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका अरु चिकित्सकहरु भने थुनामा नै छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरुको प्राथमिकता सत्ता नभएको बताए । उनले नेपाली युवाहरुले राजनीति काम छैन भनेर पर बस्ने नभई राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?