+
+

जब एक महिला यात्रुले जहाजमा रहेका सबै बदाम किन्नुपर्यो…

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २८ गते १२:४८

काठमाडौं । कहिलेकाहीँ मानिसहरु सार्वजनिक स्थानमा केबल आफ्नो सहजतालाई ध्यानमा राख्दै केही यस्तो काम गर्छन् कि जुन अरु मानिसले कल्पना पनि गरेका हुँदैनन् ।

हालै जर्मनीको डुसेलडर्फबाट बेलायतको लण्डनतर्फ उडेको एउटा जहाजकी एक यात्रुले एउटा यस्तै हर्कत गरेकी छिन् ।

ले विलियम्स नामकी ती २७ वर्षीया युवतीले जहाजमा चढेर उडान भरिसकेपछि जहाजभित्र रहेका बदामका सबै प्याकेट खरीद गरिन् । बदामका सबै प्याकेट किन्नका लागि उनले करीब २४ हजार रुपैयाँ बराबरको रकम खर्चिइन् ।

आखिर जहाजमा भएभरका सप्पै बदाम किन्नुपर्ने के कारण थियो होला ? अझ अनौठो त के भने उनले ती सबै बदाम खानका लागि खरीद गरेकी थिइनन् ।

जहाजमा रहेका सबै बदाम किन्नुको उनको एकमात्र उद्देश्य ती बदाम अरु यात्रुहरुले किन्न नपाउन् भन्नु थियो ।

आफ्नो नजिक रहेका कुनै व्यक्तिले बदाम किनेर खाँदा उनलाई समस्या पर्दथ्यो ।

वास्तवमा उनलाई एनाफिलेक्टिक शकको समस्या थियो । यो एउटा गम्भीर खालको एलर्जी हो, जुन प्राणघातक पनि हुनसक्छ । यदि उनको नजिकै रहेको कुनै मानिसले बदामको प्याकेट किन्यो भनेपनि त्यसले उनलाई गम्भीर असर पूराउँथ्यो र त्यो उनका लागि खतरनाक हुनसक्थ्यो ।

विलियम्स विमानमा यात्रा गर्ने बेलामा सुरुमै विमान कर्मचारीहरुलाई अनुरोध गरेर जहाजमा कसैले पनि बदाम नखानका लागि सूचना जारी गराउँथिन् । तर यो पटक भने विमान कर्मचारीहरुले उनको अनुरोध अस्वीकार गरे । त्यसरी कसैलाई बदाम खान र किन्नबाट रोक लगाउनु एयरलाइन्सको नीति विपरीत रहेको जहाजका कर्मचारीले जवाफ दिए । विमान कर्मचारीहरुले आफ्नो कुरा नसुनेको र आफ्नो समस्याको गम्भीरता पनि नबुझेको उनले बताएकी छिन् ।

त्यसपछि उनी निराश भइन् । उनका अगाडि विमानमा रहेका सबै बदाम खरीद गर्नुको विकल्प रहेन । अन्ततः उनले १६८ युरो रकम खर्चेर विमानमा रहेका सबै ४८ प्याकेट बदाम खरीद गरिन् ताकि अरु कुनै यात्रुले ती बदाम किनेर प्याकेट नखोलोस् ।

युरोविंग नामक वायुुसेवाको जहाजमा जर्मनीबाट लण्डन जानका लागि उनले ५८ युरो मूल्यको टिकट काटेकी थिइन् । तर उनले विमानको त्यसको करीब तेब्बर अर्थात् १६८ युरोको बदाम किन्नुपर्यो ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?