+
+

रुसी सेनाले किन लगायो एप्पलमाथि प्रतिबन्ध ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते ६:१६

काठमाडौं । रुसी सेनाले अमेरिकी कम्पनी एप्पलका सबै सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध पश्चात् अब रुसी सेनाका सदस्यहरुले एप्पलका आइफोन, आइप्याड तथा म्याक लगायतका उपकरणहरु प्रयोग गर्न पाउने छैनन् ।

रुसी सेनामा एप्पलका प्रडक्टमाथि प्रतिबन्ध लगाएको विषयमा इन्टरफ्याक्स समाचार एजेन्सीले एक मन्त्रीलाई उद्धृत गर्दै शुक्रबार समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचार अनुसार रुसको डिजिटल विकास मन्त्रालयले रुसी सैनिकलार्ई सरकारी कामका लागि आइफोन तथा आइप्याड प्रयोग गर्नमा बन्देज लगाएको छ । जस अनुसार सेनाले अब आफ्नो कुनै पनि काम वा कामसँग सम्बन्धित इमेलका लागि एप्पलको आइफोन तथा ट्याबको प्रयोग गर्न पाउने छैन । यद्यपि व्यक्तिगत आवश्यकताका लागि भने आइफोन प्रयोगको अनुमति दिइएको छ ।

यसैबीच रुसी सेनासँग सम्बन्धित सामग्रीहरु नहटाएको विषयमा रुसले एप्पलमाथि जरिवाना पनि लगाएको छ । उक्त सामग्री रुसले युक्रेनमाथि गरेको आक्रमणका विषयमा थियो । रुसले एप्पलका अलावा गुगल, मेटाको फेसबुक तथा विकिमिडियामाथि पनि सामग्रीहरुको विषयलाई लिएर जरिवाना गरिसकेको छ ।

रुसको प्रमुख गृह सुरक्षा सेवा, एफएसबीको दाबी सार्वजनिक भएको दुई महिनापश्चात् रुसी डिजिटल विकास मन्त्रालयले यस्तो प्रतिबन्धको घोषणा गरेको हो । अमेरिकाले जासूसी अभियानका रुपमा हजारौँ एप्पल उपकरणहरुसँग सम्झौता गरेको र सोही बमोजिम त्यस्ता उपकरणमा छेडखानी गरिएको दाबी एफएसबीले गरेको थियो ।

स्मरण होस् गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनविरुद्ध आक्रमण सुरु गरेसँगै एप्पलले रुसमा आफ्ना सबै प्रडक्टहरुको बिक्री रोकेको छ । साथै रुसमा एप्पल पे सर्भिस पनि बन्द गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?