+
+

विनोद शाही हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा छोडिएको भन्दै अछाममा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २९ गते ११:४५

२९ साउन, धनगढी । अछाममा विनोद शाही हत्या प्रकरणका मुुख्य अभियुक्त भनिएका सज्जनबहादुर शाहीलाई अदालतले धरौटीमा रिहाई गरेको भन्दै विरोध प्रर्दशन भएको छ ।

गत साउन २२ गते काठमाडौंको धापासीबाट पक्राउ परेका शाहीलाई जिल्ला अदालतले आइतबार पाँच लाख धरौटीमा छाडेपछि सोमबार विरोध प्रर्दशन भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले विनायक बजारमा जम्मा भएका युुवाहरुले टायर बालेर विरोध प्रर्दशन गरेको बताउदै अहिले स्थितिलाई नियन्त्रणमा लिइसकेको बताए । उनकाअनुसार विनायक बजारको अवस्था अहिले समान्य रहेको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज भरत शाहले शाहीको हत्याका मुख्य योजनाकारलाई अदालतले धरौटीमा छाडेपछि आन्दोलनमा उत्रिनु परेको बताए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावका बेला एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएको थियो । सोही विषयलाई लिएर एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुुटपिट गरेका थिए । पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय विनोद शाही बेपत्ता भएका थिए ।

शाहीको हत्या गरिएको भन्दै पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । सरकारी वकिलको कार्यालयले मेयर चलाउनेसहितका तीन जनाविरुद्ध प्रमाण नपुग्ने भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो ।

१० जनाविरुद्ध मुद्दा चलाइएकोमा अदालतले गत असारमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने चार जना अझै फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?