+
+

युट्युबर एल्भिसले जिते बिगबोस ओटीटी सिजन २ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते ११:२४

काठमाडौं । बिग बोस ओटीटी सिजन २ ले एल्भिस यादवलाई विजेताको रुपमा प्राप्त गरेको छ । जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारे ।

उनी प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी थिए । अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् । उनी बिगबोसको घरमा वाइल्ड कार्डको रुपमा प्रवेश गरेका थिए । उनले सुरुदेखि नै घरको वातावरणलाई कायम राख्ने प्रयत्न गरे ।

सुरुमा हास्यास्पद लागे पनि पछिल्ला एपिसोडमा उनले दर्शकको मन जित्ने प्रयास गरे । एकपटक होस्ट सलमान खानले उनलाई गालीसमेत गरेका थिए । तर यसले उनको फ्यान फलोइङमा कुनै असर पारेन । यसबाट बरु उनलाई धेरै फाइदा पुग्यो ।

बिगबोस चलिरहँदा उनको स्वास्थ्य खराब बनेको थियो । जसकारण उनलाई अस्पताल भर्ना गर्नुपरेको बताइन्छ । फिनाले सुरु हुँदा उनी शोमा देखिएनन् तर उनले पछि बिगबोसको हाउसमा इन्ट्री लिए ।

एल्भिस र अभिषेक दुवै युट्युबका चर्चित अनुहार हुन् । कार्यक्रममा उनीहरुको मित्रता समेत देखियो । सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?