+
+

स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १६:१८

३० साउन, काठमाडौं । स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।

स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो ।

८८ औं मिनेटमा लिना हार्टिगको हेडर असिस्टमा रेबिक्का ब्लोम्क्लोभिटले गोल गर्दै खेल बराबरी गरिन् ।

तर स्पेनले त्यसको एक मिनेट पनि नबित्दै फेरि अग्रता बनायो । ८९ औं ओलगा कार्मोनाले कर्नरबाट आएको बललाई पोष्टको दिशा दिइन् । उनले हानेको बल पोष्ट बारमा ठोकिँदै गोल भएको हो ।

त्यसपछि थप गोल हुन नसकेपछि स्पेन पहिलो पटक विश्वकप फाइनल पुगेको हो । स्पेनले अष्ट्रेलिया वा इङ्ल्यान्ड मध्ये एकसँग फाइनल खेल्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?