+
+

‘जवान’ शाहरुखको अहिलेसम्मकै महंगो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते ११:५७

काठमाडौं । ‘पठान’को सफलतापछि बलिउडका बादशाह शाहरुख खान आफ्नो नयाँ फिल्म ‘जवान’लाई लिएर उत्साहित छन् । आगामी सेप्टेम्बर ७ रिलिज हुने तयारीमा रहेको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने प्रक्षेपण गर्न थालिएको छ ।

अहिले सिनेमा हलहरुमा ‘गदर २’ र ‘ओह माइ गड २’ उत्साहजनक कमाइ गरिरहँदा शाहरुखको फिल्मले पनि राम्रो व्यापार गर्न सक्ने बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् ।

यस्तोमा ३०० करोड भारुमा बनेको ‘जवान’लाई लगानी उठाउन पनि उछाल कमाइ गर्नुपर्ने चुनौती छ । शाहरुखको पछिल्लो फिल्म ‘पठान’लाई अहलेसम्मको सबैभन्दा महंगो ग्रान्ड एक्सन फिल्म मान्ने गरिएको छ । अब यसको रेकर्ड तोड्नका लागि ‘जवान’ सिनेमा हलहरुमा आउन लागेको शाहरुखले बताउँदै आएका छन् ।

एटली निर्देशित फिल्ममा शाहरुखका साथै विजय सेतुपति, नयनतारा, प्रियामणि, सान्या मल्होत्रा र रिद्धि डोगराको मुख्य भूमिका छ । यो एक्सन इन्टरटेनर फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिंदैछिन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा गौरी खान निर्माता र गौरव वर्मा सहनिर्माता छन् । फिल्म हिन्दीका साथै तमिल र तेलुगू भाषामा समेत रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?