+
+

ब्याडमिन्टन एसियाको प्रतियोगिता नेपालमा पहिलो पटक हुँदै

यू-१५ र यू-१७ मा प्रतिस्पर्धा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते १६:३०

३२ साउन, काठमाडौं । ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप भोलि शुक्रबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

पहिलो पटक नेपालमा आयोजना हुन लागेको ब्याडमिन्टन एसियाको उक्त प्रतियोगितामा यू-१५ र यू-१७ गरी दुई उमेर समूहमा प्रतिस्पर्धा हुनेछ ।

ब्याडिमन्टन एसियाको डेभलपमेन्ट प्रोजेक्ट अन्तर्गत हुन लागेको यस प्रतियोगिताको आयोजना नेपाल ब्याडमिन्टन संघले गर्नेछ ।

संघले बिहीबार पत्रकार सम्मेलन अयोजना गर्दै प्रतियोगिताको औपचारिक घोषणा गरेको हो ।

भदौ १ गतेदेखि ५ गतेसम्म हलचोकस्थित एपीएफ क्लबको कभर्डहलमा हुने च्याम्पियनसिपमा यू-१५ र यू-१७ मा गरी व्यक्तिगत र टिम स्पर्धा गरी कूल १२ इभेन्ट समावेश छ ।

यू-१५ इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, ब्वाइज डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ ।

यू-१७ तर्फ पनि इन्डिभिज्युअलमा गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स, गर्ल्स डबल्स, व्वाइज डबल्स र मिक्स डबल्स गरी ५ स्पर्धामा खेल हुनेछ ।

यू-१५ र यू-१७ दुवैमा टिम च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्र नेपाल सहित बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा हरेक देशका ८–८ जना खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् । नेपाली टिममा १६ खेलाडी छन् ।

व्यक्तिगत स्पर्धामा आयोजक मुलुकका तीन खेलाडी एउटै स्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ भने अन्य देशका दुई खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्नसक्ने व्यवस्था गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।

च्याम्पियनसिपमा गर्ल्स र ब्वाइज दुवैतर्फ २६-२६ गरी कुल ५२ खेलाडी सहभागी हुने संघले जनाएको छ ।

नेपाल ब्याडमिन्टस संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो च्याम्पियनसिप नेपालमा हुनु महत्वपूर्ण रहेको बताए ।

‘हाम्रो १६ जना युवा खेलाडीले एकै पटक खेल्ने अवसर पाउनेछन् । यदी बाहिर जानु परेको भए हामीले त्यति खेलाडी पठाउन गाह्रो थियो,’ श्रेष्ठले भने, ‘त्यसमा अन्य चार विभिन्न कार्यक्रम पनि हुँदैछ । यसका लगि ब्याडमिन्टन एसियालाई धेरै धन्यवाद ।’ च्याम्पियनसपिपकै अवसरमा काठमाडौंमा साउथ एसिया लिडर डेभलपमेन्ट मिटिङ, साउथ एसिया वुमन इन ब्याडमिन्टन वर्कसप, साउथ एसिया रिजनल अम्पयार्स कोर्स र साउथ एसिया जुनियर ट्रेनिङ क्याम्प पनि आयोजना हुँदैछ ।

च्याम्पियनसिप तथा कार्यक्रम सञ्चालनका लागि ब्याडमिन्टन एसियाबाट सिनियर डेभ्लोप्मेन्ट सिनियर म्यानेजरद्वय सामबेनथान शिवपेरुमल र थानाबालन अरिकृष्णन तथा इभेन्ट्स म्यानेजर एनजी येइन मुन नेपाल आइसकेका छन् ।

ब्याडमिन्टन एसिया डेभ्लोप्मेन्ट कमिटिका प्रमुख वाजिद अलि चौधरी बिहीबार राति नेपाल आइपुग्ने संघका अध्यक्ष राजमी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?