+
+
फ्राइडे रिलिज :

हलमा लागे जुलेबी, हिंड्दा हिंड्दैसहित तीन विदेशी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते ११:२२

काठमाडौं । शुक्रबारदेखि नेपालमा पाँच फिल्म प्रदर्शनमा आएका छन् । जसमा दुई नेपाली, एक बलिउड र दुई हलिउड फिल्म छन् । दर्शकलाई रुचिअनुसार फिल्म हेर्ने सुविधा उपलब्ध छ ।

‘जुलेबी’लाई ड्रामा र रोमान्स जनरामा राखिएको छ । गणेशदेव पाण्डे निर्देशित फिल्मले काठमाडौंको रत्नपार्कमा भेटिएका ६ जना अपरिचित पात्रको सम्बन्ध र उतारचढावको कथा पेश गर्छ ।

फिल्ममा निशा अधिकारी, सुरक्षा पन्त, उषा रजक, मोनिका थापा र सुशील सिटौलाको शीर्ष भूमिका छ । यो एन्थोलोजी फिल्मले साना कथामार्फत पात्रको जीवन यात्राको कथा प्रस्तुत गर्छ । एडल्ट सर्टिफिकेट प्राप्त यो फिल्मको लम्बाइ ११२ मिनेट छ ।

‘हिंड्दा हिंड्दै’ रोमान्टिक ड्रामा फिल्म हो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान र भोला सापकोटाको प्रमुख भूमिका रहेको फिल्मलाई मिलन आले मगरले निर्देशन गरेका हुन् । पात्रको सम्बन्ध वरपरको कथावस्तुमा फिल्म बनेको छ । यो फिल्मको लम्बाइ ११३ मिनेट छ ।

बलिउड फिल्म ‘घुमर’लाई आर बल्कीले निर्देशन गरेका हुन् । ड्रामा जनरामा राखिएको यो फिल्ममा अभिषेक बच्चन, सबाना आजमी, सायमी खेर र अंगद बेदीको शीर्ष भूमिका छ । अनिना नामक एक पात्रले दुर्घटनामा दाहिने हात गुमाउँछ । एक असफल र असन्तुष्ट क्रिकेटरले उसलाई जीवन जिउने नयाँ आशा दिन्छ । अपरम्परागत प्रविधिमार्फत उसले अनिनालाई नयाँ भाग्य दिलाउन खोज्छ । घुमर उनीहरुले सिर्जना गरेको बलिङको नयाँ शैली हो । यो फिल्मको लम्बाइ १३५ मिनेट छ ।

हलिउडको सुपरहिरो फिल्म ‘ब्लु बीटल’ र ‘हन्टिङ अफ द क्वीन म्यारी’ पनि रिलिज भएका छन् । पछिल्लो फिल्म चाहिं हरर ड्रामा हो भने ‘ब्लु बिटल’लाई एक्सन–एड्भेन्चरको श्रेणीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?