+
+

कोशीका मुख्यमन्त्री भदौ ३ गते विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:३३

१ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईका अनुसार ३ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने छन् ।

विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको उनले बताए ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्नेछ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्र्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ ।

उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?