+
+

कानुनमन्त्री धनराज गुरूङ भन्छन् : उपचार खर्च लिनुपर्ने सुझाव आए, मैले लिन्न

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १ गते १३:४२

१ भदौ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मन्त्री धनराज गुरुङले उपचार खर्च नलिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गुरुङ साउन २५ मा उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ब्लड प्रेसरमा कमि आएपछि उनी उपचारका लागि भर्ना भएका थिए । तिन दिनको उपचारपछि उनी डिस्चार्ज भएका थिए ।

नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन शुक्रबार बोल्ने क्रममा उपचार खर्चको कुरा गुरुङले उठाए । उपचार गरि फर्केपछि सरकारी अधिकारी उपचार खर्च लिन सुझाव दिएपनि सरकारी खर्च नलिने प्रतिवद्धता उनले गरे ।

उपचारपछि सरकारी कर्मचारीले आफूलाई दिएको सल्लाहबारे गुरुङले भने,‘उपचारमा त ठूलै खर्च भयो होला । तपाई आफैं मन्त्री हुनुहुन्छ । मन्त्रिपरिषद्बाट खर्च लिँदा भैहाल्छ नि भन्ने सुझावहरु आए ।’

जबसम्म गरिबभन्दा गरिब नेपालीहरुलाई निशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक रुपैयाँ पनि उपचार खर्च नलिने प्रतिवद्धता उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?