+
+

युक्रेनको चेर्निहिव शहरमा मिसाइल आक्रमण, ६ जनाको मृत्यु, ११७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २ गते २०:०७

२ भदौ, काठमाडौं । युक्रेनको उत्तरी शहर चेर्निहिवमा रुसले मिसाइल आक्रमण गरेको छ ।

उक्त आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनका आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । मिसाइल आक्रमणमा परी विश्वविद्यालय भवन र थियटर क्षतिग्रस्त भएका छन् ।

मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेका हुन् । स्वीडेन भ्रमणमा पुगेका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले पोलिटेक्निक विश्वविद्यालय र थियटरमा आक्रमण भएको टेलिग्राममा लेखेका छन् ।

आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?