+
+

म कलाकार बन्ने इच्छाबाट प्रेरित व्यक्ति हुँ :  प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १०:४१

३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कलाकार बन्ने इच्छाबाट प्रेरित व्यक्ति भएको बताएका छन् ।

गायनतर्फको ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को फाइनल प्रतियोगिता हेर्न शनिबार राति ललितपुरको गोदावरी पुगेका प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

शिक्षक हुँदै राजनीतिमा लागेका प्रधानमन्त्री प्रचण्डले कार्यक्रमलाई सम्बोधनको क्रममा भने, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ ।’

त्यसैले प्रधानमन्त्री बन्दा कला र संस्कृतिको क्षेत्रलाई सक्दो सहयोग गरेको भन्दै उनले आगामी दिनमा पनि सहयोग गरिरहने बताए । ‘मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरें । आउने दिनमा पनि गर्ने नै छु,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कला र सँस्कृतिले विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्न सहयोग गरेको बताए । ‘कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई  विश्वव्यापीरुपमा स्थापित गर्दछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?