+
+

‘जुलेबी’ र ‘हिंड्दा हिंड्दै’ले दुई दिनमा कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १२:२३

काठमाडौं । पछिल्लो शुक्रबार प्रदर्शनमा आएका नेपाली फिल्मले बक्स अफिसमा निकै कमजोर व्यापार गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार पहिलो सप्ताहन्तमा समेत यी फिल्मको कलेक्सन एक लाख रुपैयाँ पनि पुगेको छैन ।

राम्रो समीक्षा प्राप्त गरेको गणेशदेव पाण्डे निर्देशित ‘जुलेबी’को ग्रस कलेक्सन शनिबार बेलुकासम्म ९३ हजार रुपैयाँ रहेको बोर्डले जनाएको छ । आकाश श्रेष्ठ अभिनित ‘हिंड्दा हिंड्दै’को दुई दिने कमाइ ७४ हजार रुपैयाँ छ ।

‘जुलेबी’मा सुरक्षा पन्त, सुशील सिटौला, उषा रजक लगायतको अभिनय छ । ‘हिंड्दा हिंड्दै’मा आकाश श्रेष्ठ, रेखा शाह, सानिया खानको अभिनय छ ।

सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि यो फिल्मको ओपनिङ अकुपेन्सी नै कमजोर थियो । यस साता पनि भारतीय फिल्महरु ‘ओएमजी २’ र ‘गदर २’को दबदबा देखिएको छ । पछिल्लो सप्ताहन्तमा यी दुई फिल्मले राम्रो कमाइ गरेका छन् । चलचित्र विकास बोर्डले प्रत्येक तीन-तीन महिनामा औपचारिक रुपमा फिल्मको कमाइ सार्वजनिक गर्ने जनाएको छ ।

भदौदेखि नेपाली फिल्मको बक्स अफिस लयमा फर्किने अपेक्षा गरिएको थियो । तर पहिलो साता नै नेपाली फिल्मको ओपनिङले चुनौती खडा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?