+
+

नारायणी नदीमा डुबेर एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३ गते १९:२५

३ भदौ, नवलपरासी। नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको तिवारीले बताए ।

घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।

साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो ।

‘पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए’, उनले भने, ‘स्थानीयवासीको सहयोगमा पुलामीको शव फेला पारिएको हो ।’

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?