+
+

नोकियाले ल्यायो सस्तो फाइभ जी फोन, आफै मर्मत गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १२:५२

नोकिया ब्राण्डको मातृ कम्पनी एचएमडी ग्लोबलले दुईवटा सस्तो मूल्यका स्मार्टफोन लञ्च गरेको छ । कम्पनीले नोकिया जी३१० फाइभ जी र नोकिया सी२१० गरी दुईवटा फोन अमेरिकी बजारमा लञ्च गरेको हो ।

नोकिया जी३१० फाइभ जी स्मार्टफोन हो । यो फोनले फाइभ जी सपोर्ट गर्नु र यसको मूल्यसमेत सस्तो हुनु मात्र यसको विशेषता होइन । प्रमुख विशेषता भनेको यसको क्विक फिक्स डिजाइन हो । अर्थात् यो फोनलाई तपाईंले आफैंले झटपट मर्मत गर्न सक्नुहुन्छ । यो सस्तो मूल्यको फाइभ जी फोनलाई कम्पनीले सबैभन्दा पहिले मोबाइल वर्ल्ड कंग्रेस २०२३ मा सार्वजनिक गरेको थियो । यसको बजेट फ्रेण्डली क्विक फिक्स डिजाइनका कारण प्रयोगकर्ताले यसको ब्याट्री, डिस्प्ले तथा चार्जिङ पोर्ट जस्ता पाटपुर्जाहरु सजिलै निकालेर फेर्न सक्दछन् । यसका लागि कम्पनीले आइफिक्सइटसँग साझेदारी गरेको छ ।

उता अर्को मोडेल नोकिया सी२१० भने मेटल चेसिस र कडा डिस्प्ले ग्यासयुक्त छ ।

एचएमडी ग्लोबलले हाल अमेरिकी बजारमा लञ्च गरेका यी दुई फोन विश्वका अन्य बजारमा कहिले पुर्‍याउने हो, त्यसको जानकारी दिएको छैन ।

नोकिया जी३१० मा ४ गिगाबाइटको र्याम र १२८ गिगाबाइटको स्टोरेज रहेको छ । यो फोनको मूल्य जम्मा १८६ अमेरिकी डलर रहेको छ ।

त्यस्तै नोकिया सी२१० स्मार्टफोनमा ३ जिबीको र्याम र ३२ जिबीको स्टोरेज अप्सन रहेको छ । यसको मूल्य १०९ डलर रहेको छ ।

फाइभ जी मोडेलमा ६.५ इन्चको एचडी प्लस भी नच डिस्प्ले जसको रिफ्रेस रेट ९० हर्ज छ । त्यस्तै यो फोनमा रियर क्यामेराको रुपमा ट्रिपल क्यामेरा सेटअप रहेको छ । जसमा एउटा मुख्य क्यामेरा ५० मेगापिक्सेलको र अन्य दुईवटा क्यामेरा २-दुई मेगापिक्सेलका रहेका छन् । त्यस्तै सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ ।

यो फोनमा क्वालकोम स्नापड्रागन ४८० प्लस प्रोसेसर रहेको छ भने एन्ड्रोइड १३ अपरेटिङ सिस्टम छ । त्यस्तै २० वाट चार्जिङ सपोर्ट सहितको ५००० मिलिएम्पियर आवर क्षमताको ब्याट्री यसमा रहेको छ ।

त्यस्तै नोकिया सी२१० मा ६.३ इन्चको एचडी प्लस डिस्प्ले छ । १३ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामेरा सेटअप रहेकोमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

फोनमा क्वालकोम स्नापड्रागन ६६२ प्रोसेसर, ३ जिबी र्याम र ३२ जिबी स्टोरेज रहेको छ । एन्ड्रोइड १३ अपरेटिंग सिस्टममा काम गर्ने यो फोनमा ३ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री राखिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?