+
+

१२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ५ गते ६:४६

५ भदौ, काठमाडौं । १२ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । उनीहरू केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी बल, केन्द्रीय कार्यालयले जनाएको छ ।

सम्पर्कविहीन हुनेहरूमा दुई जना हवल्दार र १० जना जवानहरू रहेका छन् ।

कोही बिदामा गएर सम्पर्कविहीन भएको र कोही आफुखुसी ब्यारेक छाडेर सम्पर्कमा नरहेको कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ ।

सम्पर्कविहीन हुनेहरूमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।

यस्तै, जवानहरूमा झापाका  प्रेम बुढाथोकी, उदयुपुरका गायत्रा बोहरा, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

कार्यालयको सम्पर्कमा नआएका १२ जनालाई नै सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारणसहित सम्पर्कमा आउन सूचना जारी भएको छ । सम्पर्कमा नआए कारबाही प्रक्रिया बढाउने सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?