+
+

‘टोकला गोल्ड लिफ टी ब्याग’ अब इन्भेलपमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १३:४२

काठमाडौं । नेपाल चिया विकास निगम लिमिटेडले केही समय अघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेबर युक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ ।

कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ सहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला गोल्ड लिफ हनी लेमन, टोकला गोल्ड लिफ टरमेरिक जिन्जर तुलसी, टोकला गोल्ड लिफ अर्ल ग्रे, टोकला गोल्ड लिफ ग्रिन टी, टोकला गोल्ड लिफ डेटक्स टी, टोकला गोल्ड लिफ टी गरी ८ वटा फ्लेवरयुक्त चिया बजारमा ल्याएको हो ।

आफ्नै बगानमा उत्पादन गरेको र नेपाली चिया बजारमा १६० वर्ष भन्दा बढी अनुभव बटुलेको कम्पनीले बजारको आवश्यकता र माग अनुसार उच्च गुणस्तरीय प्याकिङ सहित इन्भेलपमा ८ वटा स्वाद युक्त फ्लेवर चिया टी ब्यागमा ल्याएको जनाएको छ ।

कम्पनीका अनुसार यो चिया भाटभटेनी, बीगमार्ट लगायतका नेपाल भरी चुनिएका केही प्रसिद्ध खुद्राबिक्रेता मार्फत बजारमा उपलब्ध गरिएको छ र यस ८ वटा फ्लेबरयुक्त टी ब्याग चियाको बजार मूल्य १६० रूपैयाँदेखि २२५ रूपैयाँसम्म निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?