+
+

दुई बुँदे ड्राफ्टबारे ओली-नेम्बाङबीच सर्वदलीय बैठकमा भनाभन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १५:२७

६ भदौ, काठमाडौं । मंगलबार सर्वदलीय बैठक नबस्नुमा एमाले अध्यक्ष केपी ओलीको प्रतिकूल स्वास्थ्यमात्रै कारक थिएन । सुन तस्करी काण्ड छानबिनका लागि प्रस्तावित आयोग गठनबारे उनका फरक बुझाइले समेत काम गरेका थिए । त्यसैले सहमतिको मस्यौदा बन्न र संसद खुल्न बुधबारसम्म कुर्नुपर्‍यो ।

जाँचबुझ आयोग गठनको कार्यादेश र मस्यौदा बनाउन ओलीले आफ्नो पार्टीका तर्फबाट उपाध्यक्ष सुवास नेम्बाङलाई खटाएका थिए । कांग्रेसबाट रमेश लेखक र माओवादीबाट हितराज पाण्डे सहित नेम्बाङले सहमतिको ड्राफ्ट मंगलबार नै तयार पारेका थिए । ओलीले नेम्बाङलाई मंगलबार साँझ बालकोट बोलाएर यसबारे ब्रिफिङ समेत मागेका थिए ।

बुधबार ११ बजे सिंहदरबारमा डाकिएको सर्वदलीय बैठकमा भने ओली र नेम्बाङबीचको सौहार्दतामा केही तलमाथि परेको प्रष्टै देखियो । सर्वदलीय बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष ओलीसँग दुई बुँदे सहमतिको ड्राफ्टलाई लिएर नेम्बाङको सामान्य भनाभन पर्‍यो ।

‘के लेख्या यस्तो ? यस्तै हुन्छ सहमतिको ड्राफ्ट ?’ ओलीले सबैका सामू नेम्बाङतिर हेर्द भने, ‘लेख्न त नेपालीमै लेख्या हो । अलिक भाषा सिकाउनुपर्ने जस्तो छ ।’

ओलीको प्रस्तुतिले बैठकमा असहजता छाएको थियो । नेम्बाङले पनि आफ्नो दलका अध्यक्षको प्रस्तुतिसँग संकोच माने । उनले ओलीतिर नेहेरीकन जवाफ फर्काए, ‘लेख्नुपर्ने कुरा त्यहीँ लेखेको छ । भाषाको ज्ञान हुनेहरुले आफैं बुझ्नुपर्ने हो ।’

ओलीले दुई बुँदे सहमतिको कुन शब्द वा प्रसंगमा चित्त नबुझाएका हुन् भन्ने कुरा बैठकका सहभागीहरुले खुलाएनन् । बैठकले सुन काण्डको छानबिन गर्न असोजमा जाँचबुझ आयोग बनाउने लगायतका सहमति गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?