+
+

ब्रिक्समा सीको सम्बोधन : प्रभुत्ववाद र विस्तारवाद चीनको डीएनएमा छैन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १७:५०

६ भदौ, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा मंगलबारदेखि जारी ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन प्रभुत्ववाद र विस्तारवादको पक्षमा नरहेको धारणा राखेका छन् ।

ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले चीनसँग ठूला शक्तिहरूको प्रतिस्पर्धामा भाग लिने वा गुट निर्माण गर्ने चाहना नरहेको बताएका हुन् ।

‘चीन इतिहासको सही पक्षमा दृढतापूर्वक उभिएको छ र साझा हितको लागि न्यायपूर्ण कारणहरू पछ्याउनु पर्दछ भन्नेमा विश्वास गर्दछ,’ सीले सम्बोधनका क्रममा भने । सीले उदीयमान अर्थतन्त्रहरूको ब्रिक्स समूह अझ न्यायपूर्ण र समतामूलक अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्नका लागि विस्तार गर्नुपर्ने धारणा राखे ।

शान्ति, सुरक्षा, विकास र सहयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित ब्राजिल, रूस, भारत, चीन, र दक्षिण अफ्रिका ब्रिक्स समूहमा आबद्ध छन् ।

सबै सदस्य राष्ट्रका प्रमुखहरू सम्मेलनमा सहभागी भए पनि रुसी राष्ट्रपति भलाद्मीर पुटिन भने पुगेका छैनन् । उनको ठाउँमा रूसको नेतृत्व गर्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभ ब्रिक्समा उपस्थित छन् ।

रूसी राष्ट्रपति पुटिनविरुद्ध युक्रेन युद्धको विषयलाई लिएर गिरफ्तार गर्न आईसीसीले गत १७ मार्चमा पक्राउ पुर्जी जारी गरेका पुटिन सम्मेलनमा सहभागी हुन नसकेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमा आबद्ध १ सय २३ देशमध्ये दक्षिण अफ्रिका पनि एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?