+
+

नेपाली टिमलाई पाकिस्तानमा भिभिआईपी सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते १८:३७

६ भदौ, काठमाडौं । एसिया कप खेल्न पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रदान गरिएको छ ।

नेपाली क्रिकेट टिमलाई भिभिआईपी सुरक्षा प्रोटोकल प्रदान गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

नेपाली टिम फ्लाई दुबईको विमानमा आज कराँची पुगेको थियो । जहाँ कडा सुरक्षा घेरामा पाकिस्तान क्रिकेट बोर्डका पदाधिकारीले नेपाली खेलाडीलाई स्वागत गरेका थिए ।

त्यसपछि अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा नेपाली टिमलाई होटलमा लगिएको छ ।

सुरक्षाको कारण देखाउँदै १० वर्षसमम्म अन्तर्राष्ट्रिय क्रिकेट टोली पाकिस्तान गएका थिएनन् । सन् २००९ मा श्रीलंकाली क्रिकेट टिममाथि पाकिस्तानमा आतंककारी आक्रमण भएको थियो । त्यसको झण्डै १० वर्षसम्म प्रतिस्पर्धी टिमले भ्रमण गर्न नमानेपछि पाकिस्तानले घरेलु मैदानमा खेल्न पाएको थिएन ।

सन् २००९ पछि एकै पटक सन् २०१९ मा मात्रै श्रीलंकाले पाकिस्तान भ्रमण गरेको थियो । त्यसपछि मात्रै अरु देशले पाकिस्तान गएर खेल्न थालेका छन् । यो वर्षको सुरुमा न्युजिल्याण्डको आतिथ्यता गरेको पाकिस्तानले अहिले घरेलु मैदानमा अफगानिस्तानसँग शृंखला खेलिरहेको छ ।

कराँचीमा पुगेको नेपालले कडा सुरक्षा घेरामा रहेर एक साता अभ्यास गर्नेछ, त्यस क्रममा नेपालले स्थानीय टिमसँग अभ्यास खेल खेल्ने तालिका छ ।

कराँचीमा अभ्यास सकेर नेपाल घरेलु टिम पाकिस्तानसँग एसिया कप क्रिकेटको पहिलो खेल खेल्न मुल्तान पुग्नेछ । नेपालले एसिया कपको पहिलो खेल पकिस्तानसँग अगष्ट ३०(भदौ १३) मा खेल्नेछ ।

नेपालले समूह चरण अन्तर्गत पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले भारतसँगको खेल भने सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन । भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?