+
+

चन्द्रयान-३ को सफलतामा पूर्वराष्ट्रपति भण्डारीले दिइन् बधाई

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते २०:१३

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएकी छन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत बधाई दिएकी हुन् ।

‘चन्द्र यान ३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि इसरोका वैज्ञानिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहन्छु । मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं,’ पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाली नेताहरूले भारतले चन्द्रयान ३ को सफल अवतरण गराएकोमा बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?