+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिटी व्राण्डिङका लागि काठमाडौं महानगरपालिकाले माग्यो अवधारणापत्र

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ७ गते १३:४७

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाको समग्र बाण्डिङसम्बन्धी काम गर्न इच्छुक कम्पनी, फर्म तथा संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरेको छ ।

त्यस्तै यस्ता कम्पनी, फर्म तथा संस्थालाई १५ दिनभित्र महानगरपालिकाको शहरी योजना आयोगको सचिवालयमा सूचीकृत हुन आह्वान गरेको हो ।

महानगरपालिकाले कम्पनी, फर्म तथा संस्थाहरुबाट सिटी ब्राण्डिङको अबधारणा पत्र र गर्न सकिने कामको प्राविधिक प्रस्ताव पनि माग गरेको छ । त्यस्तै सूचीकृत हुन अहिलेसम्म गरेका कामको अनुभव, दर्ता तथा कर तथा मूल्य अभिवृद्धि करमा दर्ता भएका तथा कर चुक्ता गरेको प्रमाणपत्र र स्थानीय तहमा दर्ता भएको प्रमाणपत्र बुझाउन आग्रह गरेको छ ।

व्यक्ति वा विज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपी, व्यक्तिगत विवरण (बायोडाटा) अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्र सहित सिटी ब्राण्डिङ अवधारणा पत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राबिधिक प्रस्ताव पेश गर्नुपर्छ ।

हेर्नुहोस्  सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?