+
+

हेलम्बु र मेलम्चीमा बाढी : विद्यालयमा क्षति, घरहरू जोखिममा

रासस रासस
२०८० भदौ ८ गते ९:०१

८ भदौ, काठमाडौं । अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्लामा भौतिक क्षति पुर्याएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ग्याल्थुमस्थित सरस्वती माविको चर्पि बगाएको छ । विद्यालय र वरपरका केही घरहरु उच्च जोखिममा परेका छन् । विद्यालय जोखिममा परेकाले आज पढाइ बन्द गरिएको प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी इन्सपेक्टर सन्जिव यादवले बाढी–पहिरोले विद्यालय र विद्यालय नजिक रहेका ४/५ वटा घर उच्च जोखिममा रहेको जानकारी दिए । उनका अनुसार जोखिममा परेका विद्यालयका फर्निचर, घरका सामान र मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइहेको छ ।

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले वर्षा नरोकिएकाले विद्यालयसहित ग्याल्थुम बजार नै जोखिममा परेको बताइन् ।

प्रहरीका अनुसार मेलम्ची–हेलम्बु सडक र अरनिको राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । भोटेकोशी गाउँपालिकाको १० किलो भन्ने स्थानमा र बाह्रबिसे नगरपालिका–५ सिरिसेमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले जानकारी दिए ।

स्थानीय पालिकाहरुको पहलमा सडक खुलाउने प्रयास भए पनि पानी परिरहेकाले सम्भव भएको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?