+
+

नेपालले पाकिस्तानमा एउटा अभ्यास खेल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ८ गते १२:००

८ भदौ, काठमाडौं । एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ ।

पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले अनलाइनखबरलाई बताए ।

हाल कराँचीमा अभ्यास गरिरहेको टिमका लागि पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको हो । नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिनयता अभ्यास गरिरहेको छ । नेपालले ३० अगष्ट( १३ भदौ) मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ ।

त्यस्तै दोस्रो भारतसँगको खेलका लागि भने नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्नेछ ।

एसिया कप खेल्ने नेपाली टिम– रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?