+
+

डिभोर्सी छोरीका लागि बेहुला खोज्दै बाबुले छपाए यस्तो विज्ञापन, कुरै नबुझेर हैरान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १०:५८

विवाहका लागि वर तथा वधू खोज्नका लागि पत्रिका तथा वेबसाइटहरुमा गरिने अनेक खालका विज्ञापनहरु त देखिएकै हो । यस्ता विज्ञापनहरुमा योग्य वर तथा वधूका लागि तोकिएका मापदण्ड तथा नियमहरु कहिलेकाहीँ निकै अनौठा पनि हुन्छन् ।

भारतमा हालै एउटा यस्तै एउटा विज्ञापन प्रकाशित भएको छ । आफ्नी डिभोर्सी छोरीका लागि योग्य वर खोज्न उनका बुवाले पत्रिकामा विज्ञापन छपाएका छन् । उक्त विज्ञापनमा यस्तो शव्द देखिएको छ कि मानिसहरुले बुझ्नै सकेका छैनन् । त्यसैले उक्त विज्ञापन सोसल मिडियामा भाइरल बनिरहेको छ ।
भारतको मुम्बईमा बस्ने एक परिवारले सो विज्ञापन छपाएको हो । उक्त विज्ञापनमा शर्ट म्यारिज अर्थात् लघु विवाहका लागि बेहुलाको खोजी गरिरहेको उल्लेख गरिएको छ । तर मानिसहरुले भने लघु विवाहको अर्थ नबुझेर हैरान भएको छ ।
सो विज्ञापनमा एन के शास्त्री नामक व्यक्तिले स्मार्ट तथा शिक्षित डिभोर्सी ब्राम्हण छोरीका लागि बेहुला चाहिएको उल्लेख गरेका छन् । जसमा ती युवती जन्म सन् १९८९ मा भएको, उनको उचाइँ ५ फिट ७ इन्च रहेको र मुम्बइमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएको पनि उल्लेख गरिएको छ ।
यी सबै मापदण्ड सही हुनुका बाबजुत विज्ञापनमा उल्लेखित शर्ट म्यारेज अर्थात् लघु विवाहको अर्थ भने नबुझ्ने खालको छ । त्यसैले मानिसहरुले उक्त शव्दाबलीको अर्थ खोज्दै ख्यालठट्टा पनि गरिरहेका छन् सोसल मिडियामा । कतिपयले छोटो समयमा चारफेरी लगाएर बिहेको कार्य पूरा गर्नुलाई लघु बिहे पो भनिएको हो कि भनेर अनुमान गरेका छन् भने कतिपयले बेहुलीको उचाइँ ५ फिट ७ इन्च भएकाले पो शर्ट म्यारिज भएकिो हो कि भन्ने लख काटेका छन् ।
केहीले चाहीँ विज्ञापनमा शव्दको त्रुटी भएको हुनसक्ने भन्दै युवतीका बुवाले भन्न खोजेको कुरा कम समयमै साधारण तरिकाले बिहे गर्ने भन्ने रहेकेा ठोकुवा गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?