+
+

सबै मुख्यमन्त्री र प्रदेश प्रमुखलाई काठमाडौंमा सरकारी आवास, आज हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १२:२०

१० भदौ, काठमाडौं । सरकारले सात वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई काठमाडौंमा सुविधासम्पन्न आवास भवन तयार गरेको छ । सहरी विकास मन्त्रालय अन्तरगतको विशेष भवन निर्माण आयोजनाले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि तयार गरेको सरकारी निवास आज आइतबार हस्तान्तरण गर्दैछ ।

दिउँसो आयोजनाले यी भवन हस्तान्तरण गरेपछि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुले काठमाडौं आउँदा यिनै भवनमा बस्न पाउनेछन् । आयोजना प्रमुख मचाकाजी महर्जनका अनुसार करिब ७० करोड रुपैयाँभन्दा बढीको लागतमा ७ वटा भवनसहित १४ वटा ब्लकहरु बनाइएको छ ।

यी भवनमा मुख्यमन्त्री र प्रदेश प्रमुख आफ्नो सम्पर्क कार्यालय समेत राख्न सक्ने गरी भवन डिजाइन गरिएको छ । लबी, बैठक कक्षदेखि योग गर्न विशेष कक्षसम्म राखेर भवनहरु तयार गरिएका हुन् । शयन कक्षदेखि भान्साकोठासम्म पनि छन् ।

हाल प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु काठमाडौं आउँदा बस्ने गरी सरकारले अपार्टमेन्टमा भाडामा लिएको छ । भैंसेपाटीमा संघीय मन्त्रीसहित राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षका लागि समेत छुट्टा-छुट्टै भवन बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?