 
																			काठमाडौं । डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ ।
प्रायोरिटी एयरपोर्ट लाउन्ज पासबाहकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा विना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ ।
यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यूकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थित १४०० प्लस एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिने बैंकको भनाइ छ ।
प्रायोरिटी पासले उडान गर्नु अघि एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाइफाइ प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4