+
+

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन सेवा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते १५:२७

काठमाडौं । महिन्द्रा पावरोलले आफ्ना ग्राहकका लागि फ्री सर्भिस कुपनको शुभारम्भ गरेको छ । फ्री सर्भिस कूपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्ने कम्पनीले जनाएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

महिन्द्रा पावरोल डिजेल जेनरेटरहरू महिन्द्रा समूहको अटोमोटिभ एण्ड फार्म इक्युपमेन्ट सेक्टर्स अन्तर्गत पर्दछ ।

कम्पनीले ४ भदौमा सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सोही कार्यक्रममा फ्री सर्भिस कुपन सेवा शुभारम्भ गरेको हो ।

कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेड लगायतको सहभागिता रहेको थियो । अन्य सहभागीहरूमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिकहरूको सहभागिता थियो ।

भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउँदै लैजाने योजना बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?